१४ बुदे प्रतिबद्धतासहित प्रजापति नेतृत्व प्यानल पोउवाको चुनावी मैदानमा
पाेखरा | भदौ ६, २०७९
पोखरा । पोखरा उद्योग वाणिज्य संघको भदौ २४ र २५ गते महाधिवेशनको मिति घोषणा भएसँगै अध्यक्षका उम्मेदवार पवन कुमार प्रजापतिले १४ बुदे प्रतिवद्धतासँगै पदाधिकारी प्यानल घोषणा गरेका छन् ।
अध्यक्षका उम्मेद्वार प्रजापतिको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उद्योग बरिष्ठ उपाध्यक्षमा हिरामणी पण्डित र वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्य रहेका छन् । यस्तै महासचिवमा बलराम आचार्य, उपमहासचिवमा सोभा गौतम र कोषाध्यक्षमा दिनेशचन्द्र बास्तोला रहेको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।
अध्यक्षका उम्मेदवार प्रजापतिले व्यवसायीहरु माझ व्यावसायिक वातावरण निर्माण र उद्योगी व्यवसायीहरुको सम्मान अभिवृद्धि पहिलो प्राथमिकता रहेको बताए ।
उनले व्यावसायिक डाटा बैंक तथा प्रवर्धन केन्द्र स्थापना गर्ने, रुग्न उद्योग र नोक्सानमा चलेका व्यवसायको लागि बैंक तथा घरबेटीसंग छलफल गरेर सहजता प्रदान गर्ने, व्यवसायी बन्न चाहनेको लागि आवश्यक तथ्यांक उपलब्ध गराईने र नवप्रवर्तन तथा महिला उद्यमशिलता विकासलाई केन्द्रमा राखेर काम गर्ने, बजारीकरण र प्रवर्धनमा सघाउने प्रतिवद्धता पत्रका उल्लेख गरेका छन् ।
सचिवालयको पुनःनिर्माण, अत्याधुनिक बहुउदेश्यीय भवन निर्माणको लक्ष्य राख्दै राष्ट्रिय औद्योगिक व्यापार मेलालाई अब रमालाईको रुपमा भन्दा पृथक किसिमले गर्नका लागि आवश्यक छलफल र सुझावको आधारमा अघि बढ्ने बताए । संघलाई साना, मझौला र ठूला व्यवसायीसहित महिला उद्यमीको साझा संस्था बनाईने, उद्योगी व्यवसायीमाथि पर्ने समस्या निराकरणका लागि राज्यबाट पाउनुपर्ने सबै खालका सुविधा दिलाउने र व्यवसाय रक्षाका विशेष ध्यान दिईने पत्रकार सम्मेलनमा बताए ।
संघको सचिवालयलाई प्रविधिमैत्री बनाउँदै सदस्य महानुुभावलाई घरमै आवश्यक सूचना र सहयोग पुर्याउने र संघलाई साना, मझौला र ठुला व्यवसायी सहित महिला उद्यमीको साझा संस्था बनाउने प्रतिवद्धता सहित प्रजापतिले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।
संघमा अध्यक्षको रुपमा सर्वसम्मत बनाउने बैठक भएपनि यो सम्भव नभएर उम्मेदवारी घोषणा भएको हो भन्ने पत्रकारको प्रश्नमा प्रजापतिले उम्मेदवारी घोषणामा कुनै अन्यथा मान्नुपर्ने केही नभएको बताए ।
उनले भने,‘ कार्यसमितिमा २ कार्यकाल, कोषाध्यक्ष, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको रुपमा एक एक कार्यकाल काम गरेर अनुभव लिएको छु । आफु संघमा अनुभवले बटुल्दै आएकाले कुनैपनि चुनौती सामना गर्न तयार हुनैपर्छ भन्ने पाठ सिकेको छु। यसमा अन्यथा मान्नुपर्ने केहि छैन ।
म र मेरो टिमको उम्मेदवारी न्यायोचित र स्वाभाविक हो । प्रजापतिले भने, मेरो समुहमा खारिएका अनुभवि साथीहरु हुनुहुन्छ । पोखराको विकासको साझेदार संस्था संघको भूमिका समयअनुसार बदलिएकोले उद्योगी, व्यवसायीको हत, हित रक्षाका लागि हामी प्रतिवद्ध छौं ।
यसअगाडी पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा अध्यक्ष पदमा अर्जुन पोखरेलले समेत उम्मेदवारी घोषणा गरेका छन् ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

